लाहौर: आयरल्याण्ड विरुद्ध दोस्रो टी२० इण्टरनेशनल म्याचमा जीतपछि पनि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) – का पूर्व अध्यक्ष रमीज राजाले राष्ट्रिय टीमका बलरहरूको खुलेर आलोचना गरेका छन्। म्याचमा पाकिस्तानका पेस बलर शाहीन शाह अफरीदी, मोहम्मद आमिर, नसीम शाह र अब्बास अफरीदीले मिलेर १६२ रन खर्च गरे। यसैकारण आयरल्याण्डले पहिला ब्याटिंग गर्दै १९३-को विशाल स्कोर बनाएको थियो। म्याचमा शाहीन र आमिर धेरै महँगो साबित भएका थिए। पाकिस्तानले पछिबाट असल ब्याटिंग गर्दै म्याच जितेको थियो। यसैकारण ६१ वर्षीय रमीजले बलरहरूका आलोचना गरेका छन्। उनको भनाइअनुसार, आयरल्याण्डले म्याचमा अर्द्धशतक बनाउने मोहम्मद रिजवान र फखर जमानको क्याच नफुत्काएको भए परिस्थिति अलग हुने थियो। रमीजले भने, उनीहरूले आयरल्याण्ड विरुद्ध लगभग २०० रन खर्च गरे अनि म्याचमा हाम्रा बलरहरू पछाड़िएको जस्तो लाग्यो। उनीहरूले रिजवान र जमानको क्याच नफुत्काएको भए पाकिस्तानको निम्ति लक्ष्यलाई हासिल गर्नु कठिन हुने थियो। यस्तो भए भविष्यमा टीमको समस्या बढ्नेछ। टी२० विश्व कप नजिकै रहेको छ अनि पेस आक्रमणमा द्रुत सुधार जरूरी भएको छ।









