नयाँ दिल्ली: ओलम्पिक र वर्ल्ड च्याम्पियन भारतीय ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाको साथमा किशोर जेनालाई ओडिशाको भुवनेश्वरमा १५ मईमा हुने फेडरेशन कप फाइनलमा सीधा प्रवेश दिइएको छ। नीरज र किशोरले आफ्नो करियरमा धेरैपल्ट ७५ मीटरको न्यूनतम क्वालीफाईंग मार्क हासिल गरेका हुनाले यी दुई खेलाड़ीहरूलाई सीधा प्रवेश दिने फसेला गरिएको छ। यस साल हुने पेरिस ओलम्पिकको तयारीमा जुट्ने नीरजले हालै दोहा डायमण्ड लीगमा असल प्रदर्शन गर्दै ८८.३८ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थान हासिल गरेका थिए। उनी केवल दुई सेण्टिमीटरले गर्दा शीर्ष स्थान हासिल गर्नदेखि चुकेका थिए। एशियन गेम्समा रजत पदक विजेता जेनाको निम्ति चाहिँ डायमण्ड लीगमा पदार्पण हताशाजनक रहेको थियो अनि ७६.३१ मीटरको सर्वश्रेष्ठ प्रयासपछि तेस्रो चरणमा बाहिर भएका थिए। नीरज र जेनाको साथमा वर्ल्ड च्याम्पियनशीप २०२३-मा छैटौं स्थानमा रहने डीपी मनु पनि ८५.५० मीटरको दूरीलाई पार गरी ओलम्पिकको निम्ति क्वालीफाई गर्न चाहन्छन् अनि उनले पनि सीधै फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नीरजले तीन सालमा पहिलोपल्ट भारतमा कुनै प्रतियोगितामा हिस्सा लिनेछन्। नीरज दोहाबाट भारत आइसकेका छन्।









