प्रतिबन्धित नशालु पदार्थको साथ दुईजना पक्राउ

गान्तोक: रंगेली पुलिस थाना क्षेत्र अन्तर्गत रंगेलीबाट दुई जनालाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम सुरज राई र पवन प्रधान बताइएको छ। आरोपी राई मूलरूपमा सोरेङको पिपले निवासी हुन् भने आरोपी प्रधान खरसाङ निवासी हुन्।

पुलिस रिपोर्ट अनुसार, पुलिसलाई सुरज राई रंगेलीको मेला ग्राउण्डमा संदिग्ध स्थितिमा घुमिरहेको सूचना आएको थियो। पुलिसले राईलाई समातेर छानबिन गर्दा नशालु पदार्थ भेटियो। सोधपुछको क्रममा उसले उक्त नशालु पदार्थ पवन प्रधान नामक व्यक्तिले दिएको र उनी अहिले स्थानीय एउटा होटलमा बसिरहेको जानकारी गराए।

त्यसपछि, पुलिस टीम उक्त होटल पुगेर कानुनी प्रक्रिया अनुरूप पवन प्रधानको कोठाको तलासी लियो। यस क्रममा भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थ बरामद गरियो। पुलिसले आरोपीहरू विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेर भावी कारबाही शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement