प्रयोग नभएका इभीएमहरू जिल्ला प्रशासनिक केन्द्रमा सारियो

IMG-20240513-WA0204.jpg

गान्तोक: पाकिम जिल्लाका जिल्ला चुनाउ अधिकारी एवम जिल्लापालको निर्देश बमोजिम गत १९ अप्रेलमा सम्पन्न भएको चुनाउमा प्रयोग नभएका इभीएम र भोटर भेरिफाइयएवल पेपट अडिट ट्रेल भवन तथा आवास विभागमा स्थापित गरिएको स्ट्रङ रूममा राखिएको थियो भने आज खोलिने कार्य सम्पन्न भयो। स्ट्रङ रूम खोलिने क्रममा अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, चुनाउ विभागकी संयुक्त सचिव मेरिना राई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रयोग नभएका सबै इभीएमहरू जिल्ला प्रशासनिक केन्द्रको स्ट्रङ रूममा स्थान्तरण गरेपछि सील गरिएको छ। आगामी दिनमा सम्पन्न हुने चुनाउ मतगणनामा संलग्न पदाधिकारीहरुलाई तालिम प्रदान गर्ने उद्देश्यले यस प्रकारको पहल गरिएके हो। यी सबै इभीएमहरूको उपयोग गरी अधिकारीहरुले पारदर्शी र प्रभावकारी चुनाउ प्रक्रियाको प्रतिवद्धतामा जोड दिदै मतगणना प्रक्रियाका लागि पूर्णरुपमा तयार रहनेछन्। यसबाहेक, यी इभीएमहरू थप प्रशिक्षण उद्देश्यका लागि भोलि आरडीडीको रूरवन कम्लेक्समा पठाइने जानकारी गराएको छ। उल्ल्खनीय छ, आगामी २ जूनको दिन सिक्किम विधानसभाको मतगणना हुनेछ भने ४ जूनको दिन लोकसभाको निम्ति मतगणना हुने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement