गुवाहाटी: गुवाहाटी रेलवे स्टेशनमा बांग्लादेशको आतङ्कवादी संगठन अंसारुल्लाह बांग्ला टीम (एबीटी) का दुई सदस्यलाई पक्राउ गरिएको छ। सोमवार असम पुलिसको विशेष शाखाले उनीहरूलाई पक्राउ गरेको हो। पक्रा पर्ने आतङ्कवादीहरूको नाम बहार मियां र राचेल मियां बताइएको छ। उनीहरू गुजरातबाट सिलचर गइरहेका थिए। पुलिसलाई उनीहरू एबीटी सदस्य रहेको सूचना प्राप्त भएको थियो। उनीहरूलाई पुलिस विशेष शाखाको हिरासतमा राखेर सोधपुछ गरिॅंदैछ। उनीहरू विरुद्ध विशेष शाखामा मामिला दर्ता गरिएको छ।










