सिलगढीमा एकजना कुख्यात चोर पक्राउ

ty.jpg

सिलगढी: सीसीटीभी क्यामेराको सहयोगमा एकजना
जण्डा चोरलाई पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका आरोपी ब्रिगेन तामाङ (२८) को रूपमा चिन्हित गरेको छ भने तिनी मुल रूपमा कालेबुङ निवासी भए तापनि हाल सिलगढीको भंकारमोड़, बागराकोर्ट र जंक्शन इलाकामा बस्ने गर्थे। प्राप्त जानकारी अनुसार आइतबार सिलगढी पानीट्या‌ङ्की आउट पोस्ट थानाले हिलकार्ट रोडस्थित एउटा घरभित्रबाट वासिङ मशीन चोरी भएको घटना सीसीटीभी फुटेजमार्फत थाहा पायो। उक्त फुटेजको जाँच गर्दा पुलिसले चोरको अनुहार स्पष्टसँग देख्यो। यसपछि पुलिसले आफ्नो गोप्य सूत्रको सहयोगमा गत राति सूर्यसेन पार्क संलग्न इलाकाबाट ब्रिगेन तामाङलाई पक्राउ गरेको छ। सोधखोज अवधि तिनले गत केही दिन अघि १६ नम्बर वार्ड हाकिमपाडा इलाकाको एउटा घरबाट सुनका गरगहनाहरू लगायत नगद रूपियाँ चोरी गरेको कुरा पुलिससमक्ष बताए। यसपछि तिनले शहरको विभिन्न ठाउँमा आफ्नो साथीसित मिलेर एसी-को तार चोरी गरेको कुरा पनि स्वीकार गरे। तिनको वयान सुनेपछि पुलिसले चोरी भएको एसी-को ताँबाको तार पनि उद्धार गरेको छ। पुलिसले आज आरोपीलाई चोरी गरेको मामिला दर्ता गरेर सिलगढी अदालतमा पेश गरेपछि सोधखोजको लागि रिमाइन्डमा लिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement