खरसाङ: खरसाङको सन्त मेरिजस्थित प्यारिस हलमा ढरेन गाउँ वेलफेयर सोसियल समूहको सदस्याहरूद्वारा नि:शुल्क दन्त जाँच शिविर सम्पन्न भएको छ। उक्त शिविर फादर एडवर्ड लेप्चाको प्रार्थना अनि क्याथोलिक वेलफेयर एसोसिएशनको सचिव प्रजेस लेप्चाको स्वागत सम्भाषणबाट शुरु गरिएको थियो। उक्त दन्त जाँच शिविरमा केयर ३२ डेन्टल क्लिनिकका डाक्टरहरू डा मिनेभा सुब्बा र डा अन्मोल दाहाल उपस्थित थिए। यय शिविरमा डाक्टरहरूले नि:शुल्क रुपमा दन्त जाँचसहित दबाईहरू पनि नि:शुल्क रूपमा वितरण गरिएको थियो। यस शिविरमा ढरेन गाउँ सोसियल समूहका सदस्यहरू र क्याथोलिक वेलफेयर एसोसिएशनको सभापति आजेस छेत्री, सचिव प्रजेस लेप्चा अनि अन्य सदस्याहरूले सहयोग गरेका थिए।