पोखरीमा डुबेर एक किशोरको मृत्यु

IMG-20240513-WA0181.jpg

सिलगढी: साथीहरूसँग माछा मार्न गएका एक किशोरको पोखरीमा डुबेर मृत्यु भएको छ। मृतकका आफन्तले साथीलाई नै हत्या गरेको आरोप लगाएका छन्। यो घटनाले डबग्राम २ अञ्चलको फकदईबारी क्षेत्रमा सनसनी मच्चाएको छ। मृत्यु हुने किशोरको नाम जित दास (१६) हो।
प्राप्त जानकारी अनुसार आइतबार बिदाको दिन राजगञ्ज ब्लक अन्तर्गतको मन्तडारी ग्राम पञ्चायतको ललिताबारी गाउँको पोखरीमा तीन किशोर माछा मार्न गएका थिए। यसैबीच उनीहरु नुहाउन पोखरीमा गएका थिए। त्यसपछि अचानक जीत पानीमा डुबे। साथीको चिच्याहट सुनेर स्थानीयले तुरुन्तै घटनास्थलमा पुगेर जितलाई उद्धार गरे तर त्यतिन्जेल उनको मृत्यु भइसकेको थियो। घटनाको जानकारी पाउनासाथ भोरेर आलो थानाको पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि पठाएको थियो। मृतकका परिवारले जितलाई उनका साथीहरूले जबरजस्ती लगेको आरोप लगाएका छन्। त्यही क्रममा किशोरको लाश घर ल्याएपछि मृतककी आमासहित सम्पूर्ण परिवार रुन थाले। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement