गान्तोक: गत १९ मईको दिनल सिक्किम विधानसभा र लोकसभा चुनाउ सम्पन्न भएको थियो भने अहिलेसम्म पोस्टल व्यालेट आउने क्रम जारी रहेको छ। यसै क्रममा आज सोरेङ जिल्लाको निम्ति ६ वटा पोस्टल व्यालेट प्राप्त भएको छ। उक्त पोस्टल व्यालेट सोरेङ जिल्लाको ढाकघरबाट प्राप्त भएको जानकारी गराएको छ। आज आएको पोस्टल व्यालेट नोडल अधिकारी रजनी पेगा, अतिरिक्त जिल्लापाल धिराज सुवेदी, विभिन्न विभागका अधिकारी सहित राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। भारतीय चुनाउ आयोगको दिशा निर्देश बमोजिम आज प्राप्त भएको सबै पोस्टल व्यालेटक सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा स्थापित गरिएको स्ट्रङ रूममा राखेर सील गरिएको छ। गत १६ अप्रेलदेखि अहिलेसम्म सोरेङ जिल्ला अन्तर्गत चार वटा निर्वाचन क्षेत्रको निम्ति कील १५० वटा पोस्टल व्यालेट आइसकेको छ। उल्लेखनीय छ, चुनाउको समयमा राज्य बाहिर खटिएका सरकारी कर्मचारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गरेका थिए भने जुन अहिलेसम्म ढाकघरको माध्यमद्वारा आउने क्रम जारी रहेको छ। यसै क्रममा नाम्ची जिल्लाको निम्ति पनि पोस्टल व्यालेट आएको जानकारी गराएको छ। आज नाम्ची जिल्लाको निम्ति कूल २८ वटा पोस्टल व्यालेट ढाकघरको माध्यमद्वारा प्राप्त भएको छ। उक्त पोस्टल व्यालेट नाम्ची जिल्लाका जिल्लापाल, नोडल अधिकारी लगायत अन्य अधिकारीहरूलाई प्रदान गरिएको छ। हालसम्म नाम्ची जिल्लाको निम्ति कूल ३४७ वटा पोस्टल व्यालेट आइसकेको छ। आज आएको पोस्टल व्यालेट छुट्टाउँदै रिटर्निङ अधिकारीको उपस्थितिमा स्ट्रङ रूममा राखिएको छ। सबै पोस्टल व्यालेट भारतीय चुनाउ आयोगको नियम अनुसार भीडियोग्राफी गर्दै सुरक्षित राखिएको जानकारी गराएको छ। यसै क्रममा गेजिङ जिल्लाको निम्ति पनि १५ वटा पोस्टल व्यालेट प्राप्त भएको छ। आज प्राप्त भएको सबै पोस्टल व्यालेट राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा स्थापित गरिएको स्ट्रङ रूममा राखिएके जानकारी प्राप्त भएको छ। आज ढाकघरबाट प्राप्त भएको पोस्टल व्यालेट चुनाउ विभागका अधिकारीहरूले विभिन्न राजनीतिक दलका प्रतिनिधि साथै अन्य अधिकारीहरूको उपस्थितिमा स्ट्रङ रूममा राखेर सील गरिएको जानकारी गराइएको छ। हालसम्म गेजिङ जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति कूल १५२ वटा पोस्टल व्यालेट आइसकेको छ भने अझ पनि आउने क्रम जारी रहेको छ।










