सिक्किम विधानसभा चुनाउको निम्ति मतगणना तयारीलाई लिएर  प्रशिक्षण कार्यक्रम

n60834305417156138282132c3fc5d010a5672e5c2eab409f48228136e5f7a2bc31bbaea40f05d5f76de55f.jpg

गान्तोक: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउको निम्ति मतगणना तयारीलाई लिएर पहिलो चरणको प्रशिक्षण कार्यक्रम आजदेखि शुरू भएको छ। यस क्रममा गरेर काउन्टिङ सुपरभाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर गान्तोकको जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा प्रशिक्षण कार्यक्रम आयोजना गरियो।

पहिलो चरणको प्रशिक्षण कार्यक्रम महकुमा अधिकारी सनी खरेल, जिल्ला योजनाकार एवम् नोडल अधिकारी सोनाम वाङ्ग्याल लेप्चा लगायत अन्य अधिकारीहरूको उपस्थितिमा सम्पन्न भयो। महकुमा अधिकारी सनी खरेलले पावरपोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा मतगणना अधिकारीहरू, इलेक्ट्रोनिक भोटिङ मेसिन, गन्ती तालिका र ढाक मतपत्र/घरेलु मतगणना तालिकाको बारेमा विस्तृत जानकारी दिए।

यस अवसरमा उनले फारम १३ ए, फारम १३ बी र फारम १३ सीबारे व्यावहारिक सत्रमा अवगत गराए। यसमा कन्ट्रोल एकाइ र ईभीएममा रेकर्ड गरिएको मतगणनाको प्रक्रियासँग सम्बन्धित विशेष विषयहरू पनि समावेश गरिएको थियो।

यसै क्रममा स्टेट लेवल मास्टर ट्रेनर जिग्मी वाङचुक भोटियाले भीभीपीएटको गणना प्रक्रियाबारे जानकारी गराउँदै भीभीपीएट स्लिपकहरू समावेश गर्ने प्रक्रियाबारे अवगत गराए। आजको यस प्रशिक्षण कार्यक्रममा कूल ९९ जना अधिकारीहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement