पतिले गरे पत्नीको निर्मम हत्या

6641ba68da19a-tripura-135951989-16x9.jpeg

अगरतला: गोमती जिल्लाको उदयपुरमा वैवाहिक सम्बन्धको आशंकामा सोमबार एक ३७ वर्षीया गृहिणीको श्रीमानले विभत्स हत्या गरेका छन्। सोमवार बिहान परिवारका सदस्यहरूले मृत महिला निमाता डे (३७)- को शवलाई उसको घरभित्र रगताम्मे अवस्थामा भेटे।

हत्यारा पतिको पहिचान सुपारी बेच्ने आशीष डेको रूपमा भएको छ।  उसले दाउले काटेर पत्नीको हत्या गऱ्यो। पुलिसले आरोपीलाई पक्राउ गऱ्यो।

घटनाको खबर पाएपछि गोमती जिल्लाका पुलिस अधीक्षक नमित पाठकको नेतृत्वमा त्रिपुरा पुलिस घटनास्थलमा पुगे। पुलिसले आरोपीलाई पक्राउ गऱ्यो अनि दाउलाई पनि जफत गऱ्यो।

पुलिसद्वारा गरिएको जाँचमा पत्तो लागे अनुसार आशीषलाई आफ्नी पत्नी नमिताको कुनै अन्य पुरूषसित सम्बन्ध रहेक आशंका लागिरहेको थियो। गए आइतवार राती दम्पतिबीच झगड़ा भयो जसमा पतिले पत्नीको हत्या गऱ्यो। १९ वर्षदेखिको विवाहित यस जोड़ीको दुईजना छोरा र एकजना छोरी छन्। घटना घट्दा नानीहरू पनि घरमै थिए। आफ्नी पत्नीको हत्या गरेपछि आशीष डेले घटनास्थलबाट भाग्ने प्रयास गऱ्यो। तर पुलिसले तुरून्तै उसलाई पक्राउ गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement