झापा: दहमा डुबेर ओखलढुङ्गामा एक युवकको मृत्यु भएको छ। जिल्लाको चिशंखुगढी गाउँपालिका ७ ठोट्ने खोलामा साथीहरुसँग पाहा खोज्न गएका सिद्धिचरण ५ चुप्लुका २९ वर्षीय सन्तोष राई पाहा खोज्ने क्रममा चिप्लिएर खोलाको दहमा डुबेर मृत्यु भएको हो। चिप्लिएर दहमा बेपत्ता भएका राईको खोजी गर्ने क्रममा सोमबार (आज) बिहान प्रहरीले डुबेकै स्थानबाट शव फेला पारेको जिल्ला पुलिस कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर बालिस्टार सिंहले जानकारी दिए।घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।









