उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरूलाई स्कूलबाट सम्मान

IMG-20240513-WA0178.jpg

खरसाङ: यसपालीको उच्च माध्यमिक परीक्षामा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरूलाई स्कूलको पक्षमा सम्मान जनाइएको छ। यसपालीको उच्च माध्यमिक परीक्षामा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको परीक्षाको परिणाम सय प्रतिशत राम्रो भएकोले सोमबार एक कार्यक्रम आयोजना गरी अब्बल दर्जामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान जनाइएको छ। यसपाली यस स्कूलको उच्च माध्यमिक परीक्षाको परिणाम उत्कृष्ट भएको जानकारी तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका रोजीरानी मुखियाद्वारा दिइएको छ। उनले बताए अनुसार यस वर्ष उक्त विद्यालयबाट जम्मा २१ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए। तीमध्ये स्कूल टप्पर अवन्तिका प्रधान ८९.६५ प्रतिशत मुस्कान नेवारले ८६.६५ प्रतिशत अनि निमासाङ्ग तामाङले ८२.६७ प्रतिशत अंक ल्याएर प्रथम दर्जामा उत्तीर्ण भएका छन्। स्कूलको तीनजना अब्बल दर्जामा उत्तीर्ण विद्यार्थीहरूलाई स्कूलको पक्षबाट सम्मान जनाइएको छ। उक्त उपलब्धिप्रति बोल्दै प्रधान अध्यापिका रोजीरानी राईले भनिन् -‘यो उपलब्धि प्राप्त गर्नमा विद्यालयको सम्पूर्ण शिक्षिकावर्गको ठूलो भूमिका रहेको छ। शीतकालीन बिदामा पनि उनीहरुले आफ्नो व्यक्तिगत कामहरू पन्साएर यी विद्यार्थी नानीहरूको लेख -पढ़मा ठूलै जिम्मावारी निभाएका हुनाले आज यी विद्यार्थीहरुले यो सफलता प्राप्त गर्न सक्षम बनेका छन्। यस वर्षको उच्च माध्यमिक परीक्षामा आफ्नो स्कूलको परीक्षा फलले गर्व महसुस गरेको पनि बताएकी छन्। उनले तीनधारे वरिपरिका विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा अग्रसर गराउनमा यस विद्यालयको अतुल्यनीय योगदान रहेको पनि जान‌कारी प्रधान अध्यापिका रोजीरानी राईले बताएकी छन्, साथै यस विद्यालयबाट शिक्षा प्राप्त गरी आज देशको विभिन्न स्थानहरूमा पुगी कार्य गर्न सक्षम बनेको जानकारी पनि प्रधान अध्यापिका रोजी रानी राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement