झापा: संखुवासभामा कटुवा पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।बिशेष सूचनाको आधारमा प्रहरी चौकी नुनढाकी, संखुवासभाको प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चैनपुर नगरपालिका १ नुनढाकी लिवाङ्टारमा बस्दै आएका दिलकुमार चोङवाङलाई पक्राउ गरेको हो। दिलकुमारले हतियार बोकेर हिँडडुल गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।










