पाकिम: जिल्ला चुनाउ अधिकारी एवं जिल्लापालको निर्देशन अनुसार आज बिहान लगभग ११:३० बजी भवन तथा आवास विभागमा स्थापित स्ट्रङ्ग रूममा अप्रयुक्त रिजर्व ईभीएम र वीवीपीएटी निकालियो।
पाकिमकी एडीसी अनुपा तामलिङको देखरेखमा र चुनाउ विभागकी संयुक्त सचिव मेरिना राई, एसडीएम सन्देश सुब्बा र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा दशवटा कण्ट्रोल युनिट पाकिम जिल्ला प्रशासनिक केन्द्रको मध्यवर्ती स्ट्रङ्ग रूममा स्थानान्तरित गरियो। स्ट्रङ्ग रूम सील गर्ने कार्य ११:५३ बजी गरियो।
जानकारी अनुसार, आगामी साधारण चुनाउ २०२४ को मतगणनामा संलग्न अधिकारीहरूको प्रशिक्षणका लागि उक्त कार्य गरिएको हो। उक्त मेसिनहरू उपयोग गरेर अधिकारीहरू मतगणना प्रक्रियाको निम्ति पूर्ण रूपमा तयार हुनेछन्। मेसिनहरू प्रशिक्षण कार्यको निम्ति भोलि आरडीडीको रूअर्वन कम्युनिटी कम्प्लेक्समा लगिने छ।
उल्लेखनीय छ, विधानसभा चुनाउको निम्ति २ जून, २०२४ मा मतगणना हुनेछ भने लोकसभाको निम्ति ४ जून, २०२४ मा मतगणना हुनेछ।









