तृणमूल नेताले महिलालाई कुटपिट गरेको आरोप

IMG-20240513-WA0168.jpg

कोचबिहार: तृणमूल नेताले शालिसी सभामा एक महिलालाई कुटपिट गरेको आरोप लागेको छ। घटनाको विरोधमा पीडित महिलाले तुफानगञ्ज १ ब्लकको नटबारी २ ग्राम पञ्चायतको कार्यालय अगाडि सडकमा थुप्रिएर दोषीमाथि कारबाही गर्न माग गरेकी छन्। महिलाले मध्यस्थता बैठकको क्रममा क्षेत्र तृणमूल नेता जहांगीर अलीले आफूमाथि कुटपिट गरेको दाबी गरेकी छन्। महिलाहरुको यस्तो विरोधले क्षेत्रमा सनसनी मच्चाएको छ। घटनाको जानकारी पाएलगत्तै तुफानगञ्ज थानाका पुलिस दल घटनास्थलमा पुगेको थियो। पारिवारिक विवादका कारण ९ मईको दिन चारलजानीस्थित आफ्नै घरमा मध्यस्थता बैठक आयोजना गरिएको महिलाले बताइन्। त्यहाँ स्थानीय तृणमूल नेता जहांगीर अलीले उनलाई कुटपिट गरेका थिए।

महिलाहरु तुफानगञ्ज पुलिस थानामा उजुरी गर्न गए पनि उजुरी लिइएन। त्यसैले उनीहरुले नटबारी २ ग्राम पञ्चायतका प्रमुखको कार्यालय अगाडि सडकमा थुप्रिएर न्यायको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement