झापा: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि सुरु गरिएको अंग्रेजी माध्यमको पठनपाठनमा भर्ना हुने कक्षा १ का विद्यार्थीहरुको प्रवेश परिक्षा लिन सांसददेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिहरु सहभागि भएका छन। सो माध्यमिक बिद्यालयले यसवर्षदेखि कक्षा १ बाट अंग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने तयारी स्वरुप प्रवेश परिक्षा लिएको हो। प्रवेश परिक्षामा सहभागि विद्यार्थीहरुको परिक्षा लिन सांसद सूर्यदेब दास उराँव, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल आजाद, ४ नम्बर वडाका वडाध्यक्ष हारुन अन्सारीलगायतका अन्य जनप्रतिनिधिहरु सहभागि भएका हुन। सो विद्यालयमा कक्षा १ मा अंग्रेजी माध्यमको कक्षा पठनपाठन निःशुल्क हुने भएपछि उल्लेख्य रुपमा विद्यार्थीहरु प्रवेश परिक्षामा सहभागि हुँदा जनप्रतिनिधिहरु भने परिक्षा मर्यादित निष्पक्ष र योग्यता क्षमताका आधारमा छनौट गर्नुपर्ने भन्दै परिक्षा हलमा अघिल्लो घेरामा बसेर परिक्षाको अवलोकन गरेका थिए। भोक्राहा नरसिंह गाउँपालिकाले पहिलो पटक आफ्नो क्षेत्रमा भएका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने नीति अनुसार सो विद्यालयमा कक्षा १ मा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन गर्न लागेको हो।









