भाषा मान्यता दिवसको अवसरमा लोवर तुङसुङ रोडलाई इन्द्रबहादुर राई रोड घोषणा गरिने

IMG-20220808-WA0184.jpg

दार्जीलिङ: लोवर तुङसुङ रोडलाई अब साहित्यकार इन्द्रबहादुर राई रोड भनेर चिनिने भएको छ।दार्जीलिङ नगरपालिका र जीटीएको संयुक्त आयोजनामा आगमी २० अगस्तको दिन नेपाली भाषा मान्यता दिवस भब्य रूपमा पालन गर्ने भएको छ। आयोजित कार्यक्रमको मञ्चबाट नै लोवर तुङसुङ रोडलाई साहित्यकार इन्द्रबहादुर राई रोडको अधिकारिक घोषणा गरिनेछ भन्ने दार्जीलिङ नगरपालिकाको नगरपार्षद दीपेन ठकुरीले बताए। दार्जीलिङ नगरपालिका कार्यालयमा नगरपार्षद दीपेन ठकुरीले अघि भने जीटीए सभासद रोवर्ड छेत्रीले लोवर तुङसुङ रोडलाई बरिष्ठ साहित्यकार इन्द्रबहादुर रोड नाम राखी दिने अनुरोध गरेका थिए। सभासद छेत्रीको उक्त अनुरोधलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिकाको नगरपार्षदहरूले चेयरम्यान रितेश पोर्तेल समक्ष यो प्रस्ताव राख्दा उनले स्वीकृति दिएपछि दार्जीलिङ नगरपालिकाले उक्त निर्णय लिएको हो भन्ने नगरपार्षद ठकुरीले बताए। आगमी २० अगस्तको दिन सम्पन्न हुने नेपाली भाषा मान्यता दिवसको अवसरमा लोवर तुङसुङ रोडलाई अधिकारिक रूपमा इन्द्रबाहादुर रोड भनेर नामकरण गरिनेछ भन्ने जानकारी नगरपार्षद ठकुरीले पूनः दोहोराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *