बागडोग्रा:: बागडोगरा थानाले १२ दिनभित्र चोरीका सामानसहित दुई युवालाई पक्राउ गरेको छ। आरोपितहरुको नाम विजय कल्याण टोप्पो (३०) र राहुल कुजुर (२५) रहेको छ। फाँसीदेवास्थित भोजननारायण चिया बगानका सहायक प्रबन्धकको खाली बंगलाको फाइदा उठाउँदै गत १ मई चोरहरूले चोरी गरेको बताइएको छ। घटनापछि सहायक प्रबन्धक परेश चन्द्र सरकारले बागडोग्रा पुलिस थानामा लिखित उजुरी दिएका थिए। उजुरीका आधारमा पुलिसले उक्त युवकलाई भोजनारायण चिया बगान झरी लाइनबाट आइतबार पक्राउ गरेको हो।

आरोपीहरुबाट चोरीको टिभी, ग्यास चुलो र २ थान ग्यास सिलिन्डर बरामद भएको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।









