तीनधारेमा रक्तदान शिविर सम्पन्न

IMG-20220808-WA0182.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पहलमा तीनधारेको शंकरनिवासस्थित ब्रम्हामन्दिर प्राथमिक पाठशाला परिसरमा रक्तदान शिविर सम्पन्न भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बुथ नम्बर २४७ को आयोजनामा सम्पन्न उक्त रक्तदान शिविरमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत जम्मा ३० जनाले आफ्नो रगत दान गरेका छन्। यस अवसरमा सिलगढी अस्पतालबाट डा हस दास अनि मेन्टर तपस दास उपस्थित थिए भने सिलगढीबाट सूर्य नगर समाज कल्याण संगठनको पदाधिकारीहरू पनि उपस्थित रहेका थिए।

यस रक्तदान शिविर आयोजनामा सहयोग गर्ने बुथ नम्बर २४७ के संयोजक प्रमोद प्रधान लगायत अन्यहरू र रक्तदान गर्नेहरू अनि उपस्थित सबैप्रति तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले अन्यलाई धन्यवाद दिएका छन्। यस अवसरमा शंकर चियाबारीका स्थानीय सीबी भुजेलले पनि उपस्थित सबैलाई स्वागत जनाउँदै रक्तदान शिविरमा उपस्थिति दिने साथै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *