साहसी बनेर क्रिकेटको एउटा शैली खेल्न चाहन्छौंः डू प्लेसिस

IMG-20240513-WA0110.jpg

बेंगलुरु: आईपीएल २०२४-को ६२औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गऱ्यो। यस जीतको साथै आरसीबी-ले प्लेअफ्-मा पुग्ने सम्भावनालाई कायम राख्यो जबकि दिल्ली क्यापिटल्सको निम्ति चाहिँ परिस्थिति जटिल बनेको छ। आइतवार राति म्याच जितेर आरसीबी १३ वटा म्याचमा १२ पोइण्ट्सको साथ पाँचौं स्थानमा पुग्यो। छैटौं स्थानमा रहने क्यापिटल्ससँग पनि त्यति नै पोइण्ट्स रहेको छ तर नेट रन रेटको आधारमा आरसीबी धेरै अघि रहेको छ। म्याच जितेपछि आरसीबी-का कप्तान फाफ डू प्लेसिसलाई निक्कै खुशी देखियो। उनले भने, हामीले केही असल प्रदर्शन गऱ्यौं अनि म वास्तवमा खुशी छु। सीजनको शुरुवातमा चीजहरू ठीकसँग एकसाथ आइरहेको थिएन। त्यो हाम्रो निम्ति असल रहेन। अहिले ब्याटिंग र बलिंगको दृष्टिकोणले हामी एकसाथ अघि बढ़िरहेका छौं। उनले (स्वप्निल) हाम्रो निम्ति असल प्रदर्शन गरे। पर्दापछि धेरै काम गरियो अनि अहिले चीजहरू सही भइरहेको छ। मेरो विचारमा हाम्रो बलिंगमा धेरै विविधता रहेको छ। यश (दयाल) र लौकी (फर्ग्यूसन) गत केही म्याचमा असाधारण रहेका छन्। हामी साहसी बनेर क्रिकेटको एउटा शैली खेल्न चाहन्छौं अनि साथमा केही असल प्रदर्शन गर्न चाहन्छौं। अघि बढ़्ने हाम्रो यही मन्त्र हो।
म्याचको कुरा गर्दा एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएपछि दिल्ली क्यापिटल्सलाई १९.१ ओभरमा १४०-को स्कोरमा अलआउट गऱ्यो। आरसीबी-बाट फर्ममा रहने रजत पाटीदारले ३२ बल खेलेर सर्वाधिक ५२ रन बनाए। गत पाँचवटा म्याचमा यो उनको तेस्रो अर्द्धशतक हो। पाटीदारले ३ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक विल ज्याक्सले ४१ र क्यामरन ग्रीनले ३२ रनको योगदान दिए। विराट कोहलीले ३ वटा छक्का र एउटा चौकाको साथ १३ बलमा २७ रन बनाए। दिल्लीका बलरहरूमा खलील अहमद र राशिख सलामले २-२ विकेट लिए। जवाफमा दिल्ली क्यापिटल्सले शुरुदेखि नै विकेट गुमाउँदा लक्ष्य हासिल गर्न सकेन। केवल ३० रनमा ४ विकेटको पतनपछि कार्यवाहक कप्तान अक्षर पटेलले ५७ रन बनाएर टीमको निम्ति प्रयास गरे पनि आरसीबी-ले सजिलै म्याच जित्यो। अक्षरले ३९ बल खेलेर ५ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक साई होपले २९ र जेक फ्रेसर-म्याकगर्कले २१ रनको योगदान दिए। आरसीबी-का बलरहरूमा यश दयालले ३ र फर्ग्यूसनले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement