गान्तोक: अपरेशन सद्भावनाअन्तर्गत भारतीय सेनाको त्रीशक्ति कर्पले उत्तर सिक्किमको टीस्टा बाड़ प्रभावित राङ्गराङ र नागा गाउँहरूमा स्वास्थ्य शिविर आयोजना गर्नुको साथै राहत सामाग्री वितरण गऱ्यो। स्वास्थ्य शिविरमा दुईवटा गाउँका १५० भन्दा अधिक बिमारीलाई निःशुल्क स्वास्थ्य जाँचको साथै औषधिहरू वितरण गरियो। यसै अवसरमा गाउँका युवाहरूलाई भारत सरकार र रक्षा मन्त्रालयको अग्नीवीर योजना बारे पनि भिडियो संदेशमार्फत जागरुक गरियो। यसको साथै सेनाका अधिकारीहरूले पनि अग्नीवीर बारे युवाहरूलाई जानकारी गराए।
उल्लेखनीय छ, गत ४ अक्टोबरको दिन टिल्टा नदीमा विनाशकारी बाड़ आएको कारण उत्तर सिक्किमका विभिन्न गाउँहरू प्रभावित भएको थियो।