एसपीसीओएन-ले पालन गऱ्यो अन्तर्राष्ट्रिय नर्स दिवस

IMG-20240512-WA0275.jpg

गान्तोक: सिक्किम प्रोफेशनल कलेज अफ् नर्सिङ (एसपीसीओएन) ले हिजो राजधानीको मेट्रो पोइन्टस्थित सिक्किम प्रोफेशनल यूनिभर्सिटी क्याम्पसमा अन्तर्राष्ट्रिय नस दिवस पालन गऱ्यो। विद्यार्थी प्रतिनिधि परिषदद्वारा आयोजित कार्यक्रममा विश्वविद्यालयका रेजिस्टार प्रोफेशर रमेश के रावत मुख्य अतिथि रहेका थिए। कार्यक्रममा बीएससी नर्सिङ पहिलो वर्षकी छात्रा सुश्री साफगुप्ता प्रवीणले यस वर्षको अन्तर्राष्ट्रिय नर्स दिवसको विषयमाथि वार्ता पेश गरिन्।

आफ्नो सम्बोधनको क्रममा प्रोफेशर रमेश कुमार रावतले सबै विद्यार्थीलाई अन्तर्राष्ट्रिय नर्स दिवसको बधाई दिए। उनले स्वास्थ्य सेवाको क्षेत्रमा नर्सहरूको भूमिका र महत्वमाथि प्रकाश पार्दै नर्सहरूको निस्वार्थ सेवाकार्यको सराहना गरे। यस अवसरमा उनले नर्सहरूलाई समर्पित एउटा कविता पनि वाचन गरे।

कार्यक्रममा एचआइभी एड्समाथि विद्यार्थीहरूलाई लिएर क्विज प्रतियोगिता पनि आयोजना गरिएको थियो। कार्यक्रममा सिक्किम प्रोफेशनल कलेज अफ् नर्सिङकी प्राचार्य श्रीमती हिस्सो लह्मू भोटिया, शिक्षक-शिक्षिका, कर्मचारी अनि विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement