स्प्रेड स्माइल वेलफेयर अर्गनाइजेसनले रूखहरुमा चराहरुको लागि पानीको व्यवस्था गर्दै

IMG-20240512-WA0188.jpg

सिलगढी: चर्को गर्मीको कारण मानिससँगै पशुपंक्षी पनि समस्यामा परेका छन्। चरा तिर्खाले मर्न नपरोस् भनेर संस्थाले विशेष व्यवस्था गरेको छ। सिलगढीको स्प्रेड स्माइल वेलफेयर अर्गनाइजेसनले गर्मीमा चराहरूलाई बचाउन ठूलो पहल गरेको छ। चरा बचाउन संस्थाका सदस्यसँगै सर्वसाधारण मानिसहरु पनि अगाडि आउन थालेको छ।

चर्को गर्मीलाई मध्यनजर गर्दै मानिसले चराचुरुङ्गीलाई पानी दिनका लागि घरको छतमा पानीका ठूला भाँडाहरू राखेका छन्। कतिपय ठाउँमा चराको आरामका लागि कृत्रिम गुँड बनाइएको छ। यससँगै झ्यालको ग्रिलदेखि बालकनीसम्म माटोको पानीका भाँडाहरू राखिएको छ। यी सबैको बीचमा यसपटक स्प्रेड स्माइल कल्याणकारी संस्थाका सदस्यहरूले रुखमा पानीका भाँडाहरू राख्न थालेका छन्।

सिलगढीको फुलेश्वरी क्षेत्रमा चराहरूका लागि रुखहरूमा पानीको भाँडो राख्दै छन्। संस्थाका अध्यक्ष राजु पालले चराहरू रुखमा बस्ने भएकाले रुखमा पानीको व्यवस्था गरेको बताउनुभयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement