सिलगढीमा विद्युतीय उपकरण पसलमा आगलागी

IMG-20240512-WA0193.jpg

सिलगढी: सिलगढीको १२ नम्बर वार्डको ऋषि अरविन्द बाइ लेनमा रहेको विद्युतीय उपकरणको पसलमा हिजो राति आगलागी भएको घटनाले हलचल मच्चाएको छ। राति करिब १० बजे स्थानीयले आगो लागेको देखेर पार्षद वासुदेव घोषलाई खबर गरेका थिए। दमकललाई समेत जानकारी गराइएको थियो। त्यसबेलाको भारी वर्षाका कारण दमकललाई केही समय आगो नियन्त्रणमा कठिनाइ भएको थियो।

इन्भर्टरको ब्याट्रीका कारण आगलागी भएको हुन सक्ने काउन्सिलर वासुदेव घोषले बताए। दमकल छिट्टै आइपुगेकाले खासै क्षति नभएको पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement