क्यापकाे कृतज्ञता भ्रमण जारी

n6080519901715528824067ec4fc0ace1fc404ba05b7026f5e918fb308caad2aae3e1e24441b871febcf1b7.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमले आफ्नो कृतज्ञता भ्रमणलाई जारी राख्दै आज गेजिङ जिल्ला अन्तर्गत मानेबुङ देन्ताम र गेजिङ बर्मेक निर्वाचन क्षेत्रका पार्टी उम्मेदवार, उनीहरूका परिवार र पार्टी कार्यकर्ताहरूसॅंग भेट गऱ्यो। पार्टी प्रवक्ता अल्बर्ट गुरूङद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, पार्टी अध्यक्ष भरत बस्नेत र प्रमुख समन्वयक गणेश राईले मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका उम्मेदवार प्रकाश पराजुली र गेजिङ बर्मेक निर्वाचन क्षेत्रका उम्मेदवार पूजन खडकासॅंग भेट गरे। पार्टी नेतृत्वहरूले उम्मेदवारहरू, उनीहरूका परिवार, पार्टीका सदस्यहरू र नागरिकहरूप्रति अटल समर्थनको निम्ति कृतज्ञता व्यक्त गरे। चुनाउमा उनीहरूका सक्रिय सहभागिताका कारण लोकतान्त्रिक सिद्धान्तहरूलाई सुदृढ बनाउन योगदान पुगेको उनीहरूले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement