गान्तोक: आगामी १९ मईको दिन पश्चिम सिक्किमको गेजिङमा चेरी फाउण्डेशनको तत्वावधानमा हेप्पीनेश १० के. मेराथन रन आयोजना गरिन भएको छ। आयोजक संस्थानको पक्षबाट मेराथन म्यान अफ् सिक्किम भनेर चिनिने अमर सुब्बाले दिए राजधानीमा पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन्। मेराथनमा सिक्किम, कालबुङ-दार्जीलिङलगायत कोलकता, दिल्ली र मुम्बईबाट पनि धावकहरूले सहभागिता जनाउने दावी गरिएको छ।
गेजिङको क्योङ्गसा खेल मैदानबाट आरम्भ हुने मेराथन सन्त मेरी स्कूल पुगेर पुनः खेल मैदाइमा हुनेछ समाप्त। विशेष गरेर महिला धावकहरूलाई प्राथमिकता दिइएको आयोजकपक्षको भनाइ रहेको छ। क्षेत्रका महिला धावकहरू रहेका छन् कार्यक्रमको एम्बासेडर। आजैदेखि अनलाइन रेजिस्ट्रेशन आरम्भ भएको अमर सुब्बाले बताए। मेराथनका विजेता धावकहरूलाई राष्ट्रिय स्तरका मेराथनहरूमा एक्सपोजर दिने उनको भनाइ रहेको छ। विजेताहरूको निम्ति मेडलसँगै नगद पुरस्कारको पनि गरिएको छ व्यवस्था गरिएको आयोजक पक्षले बताएको छ।
प्राप्त जानकारीअनुसार आगामी दुई महिना पछि पश्चिम सिक्किमको दरापमा पनि एउटा राष्ट्रियस्तरको मेराथन दौड़ आयोजना गरिनेछ।