कमनवेल्थ गेम्सः महिला एकल ब्याडमिण्टनमा स्वर्ण पदक जितिन् सिन्धुले

photocollage_202288161352492.jpg

८ अगस्तः भारतीय ब्याडमिण्टन स्टार पीभी सिन्धुले कमनवेल्थ गेम्सको महिला एकल ब्याडमिण्टनमा स्वर्ण पदक जितिन्। सोमवार भएको फाइनलमा सिन्धुले कनाडाकी मिशेल ली-लाई २-०-ले पराजित गरिन्। लगभग एकतर्फी रहेको फाइनलमा दुईपल्टकी ओलम्पिक पदक विजेता सिन्धुले ग्लास्गो २०१४ खेलहरूकी स्वर्ण पदक विजेता मिशेललाई २१-१५, २१-१३-ले पराजित गरिन्। साल २०१६-को रियो ओलम्पिकमा रजत अनि टोक्यो ओलम्पिकमा काँस्य पदक जित्ने सिन्धु आज कोर्टमा ओर्लिँदा उनको खुट्टामा पट्टी बाँधिएको थियो तर त्यसले उनको खेलमा कुनै प्रभाव परेन। पहिलो गेममा सिन्धुले कनाडाकी प्रतिद्वन्द्वीबाट सामान्य चुनौतीको सामना गर्नु पऱ्यो तर दोस्रो गेममा मिशेलले सहज गल्तीहरू गर्दा सिन्धुलाई म्याच अनि स्वर्ण पदक जित्नु सजिलो भयो। सिन्धुले यसअघि ग्लास्गो (२०१४) खेलहरूमा काँस्य अनि गोल्ड कोस्ट (२०१८) खेलहरूमा रजत पदक जितेकी थिइन्। यसपाली बर्मिंघममा स्वर्ण पदक जितेर उनले सबैको मन जितिन्। उल्लेखनीय छ, जारी राष्ट्रमण्डल खेलहरूमा भारतले अहिलेसम्म १९ वटा स्वर्ण, १५ वटा रजत र २२ वटा काँस्यसहित जम्मा ५६ वटा पदक जितिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *