काेलकाता: प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनाउको प्रचारको लागि एउटा राज्यदेखि अर्को राज्यको भ्रमण गरिरहेका छन्। आइतवार मोदीले बंगालमा चारवटा जनसभाहरू गरे।
यस अवधि उनले ब्यारकपुरबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार अर्जुन सिंहको समर्थनमा आयोजित जनसभालाई सम्बोधन गरे अनि पाँच ग्यारण्टीको कुरा गरे जसमा धर्मको आधारमा आरक्षण नभएको, रामनवमीको पालन औ सीएएको कार्यान्वयन सामेल छन्।
अर्कोतिर आमडांगामा तृणमूल उम्मेद्वार पार्थ भौमिकको समर्थनमा आयोजित जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यनर्जीले सीएएमाथि कटाक्ष गरिन्। उनले भनिन्, मतुआ पहिलादेखि नै नागरिक हुन्। तपाईहरूले उनको भोट लिनु भएको छ। लाज मान्नुहोस्। याद राख्नुहोस्, यदि तपाईले मतुआलाई हात लगाउनुभयो भने तपाईले ममाथि पनि हात लगाउनुहुनेछ।
उनले भनिन्, जतिबेला मैले यहाँ सभाको तयारी गरिरहेको थिएँ, तब प्रधानमन्त्रीले ब्यारकपुरको भाटपाड़ामा जनसभालाई सम्बोधन गरे। मैले सुनेको छु, उनले मोदीको ग्यारण्टीको बारेमा भनेका छन्। उनले भनेका छन्, सीएए लागू हुनेछ, यसलाई कसैले रोक लगाउन सक्दैन। म भन्छु, मतुआहरूको लागि कुनै सीएए हुनेछैन। याद राख्नुहोस्, उनीहरू नागरिक हुन्, उनीहरूकै भोटले तपाईलाई जिताएको छ। यदि तपाईलाई नागरिकता दिनुछ भने बिना शर्त दिनुहोस्।
मोदीले भनेका थिए, अनुसूचित जनजातिहरूको लागि आरक्षण हुनेछ कि धर्मको आधारमा। मोटीको टिप्पणीको जवाफमा ममताले भनिन्, ””यो भनिएको छ कि अल्पसंख्यकहरूलाई अनुसूचित जाति अनि जनजातिको आरक्षणमा अंश मिल्नेछ। के तपाईले यो कुरा अल्पसंख्यकहरूको जनघनत्व भएको ठाउँमा भन्न सक्नुहुन्छ? गर्न सक्नु हुन्न। म भन्छु, मुसलमानहरूलाई जुन फाइदा हुनेछ त्यो हुनेछ, एससीको लागि जे छ त्यो रहनेछ। आरक्षण बढ़्नेछ, घट्नेछैन।”