जनता एक भए असम्भाव भन्ने केही छैन: अजय एडवाडर्स
दार्जीलिङ: जनता एक भए असम्भव भन्ने केही छैन यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेका छन्।सोम,सिङताम र चुङथुङ चिया बगानको फेदीमा अंग्रेज शासनकालमा निर्माण गरिएको ब्रीज जीर्णावस्थामा पुगेका छ। यो ब्रीज भएर बिजनबारी थोरै समयमा पुग्न सकिन्छ। तर ब्रीजको अवस्था अति नै सोचनीय एंव जीर्ण भएको हुनाले गर्दा स्थानीय बासिन्दाहरूले क्षेत्रीय प्रशासनदेखि लिएर सम्बन्धित विभागीय अधिकारीहरू समक्ष ब्रीजको जीर्णोद्धार गरीदिने अनुरोध गर्दै आईरहेका थिए।

यसैबीच हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स सिङताम चिया बगानको भ्रमणमा निस्केको समय स्थानीय बासिन्दाहरूले बलाबास ब्रीजको महत्व र यसको जीर्णद्वारबारे अनुरोध गर्दा उनले ब्रीज निर्माण गरी दिने वचन दिएका थिए। अजय एडवाडर्सको वचनलाई स्वागत जनाउँदै स्थानीय संघ संस्था, समाजहरूले सहयोग गर्ने घोषणा गरेपछि बलाबास ब्रीजको निर्माण कार्य आरम्भ भयो जसमा आज ब्रीज निर्माणको निम्ति ढलाईको कार्य सम्पन्न भयो। आज ढलाई कार्यमा स्थानीय संघ संस्था साथै समाजहरूका सदस्याहरूको बाक्लो उपस्थिति रहेको थियो।यसै सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जनता एक भए असम्भाव भन्ने केही छैन भन्ने बताए। उनले भने, एसपी लेप्चा सांसद हुँदा उनले ब्रीज निर्माणको पहल गरेका थिए तर कतिपय कारणवंश पूरा हुन सकेनन्।

आज ब्रीज निर्माणलाई लिएर ढलाईको कार्य भईरहेको छ अनि यो ब्रीज निर्माणको मांग स्थानीय मानिसहरूले गरेको हो अनि आज पूरा हुने दिशातिर अघि बढिरहेको छ। उनले अझ भने, यो ब्रीज निर्माणको कार्यमा हाम्रो पार्टीको क्षेत्रीय सभासद प्रतिम सुब्बाले महत्वपूर्ण भूमिका रहेको छ अनि उनी ब्रीज निर्माणको निम्ति रात दिन लागि परेको छ।त्यसरी नै सभासद सन्नी बम्जन पनि ब्रीज निर्माण लिएर त्यसरी नै लागि परेको छ। हामीलाई यस्तै जनताको पक्षमा काम गर्ने नेताहरूको खाँचो छ। मैले जे गर्नु सके त्यो गरे तर सबैभन्दा ठूलो योगदान स्थानीय गाउँलेहरूले दिएका छन्। त्यसरी नै को-अर्डिनेशन कमिटि, स्थानीय संघ संस्था,धर्मका मानिसहरूले पनि उतिकै सहयोग पूराई रहेका छन्।उनले अघि भने, ‘म लद्दाखमा थिए तर यति ढलाईको कामको लागि म आएको हो। मैले दिल्लीमा दिल्लीको मुख्यमंत्री अरविन्द केजरीवालसंग भेटने कार्य योजना बनाएको थिए तर मेरो निम्ति त्यो भेटभन्दा यो ढलाईको काम महत्वपूर्ण लागेर म आएको हो।

प्रत्येक चुनावहरूमा नेताहरूले ब्रीज बनाई दिने वचनहरू दिए। तर ब्रीज निर्माणको कार्य कहिले भएन। जनता एक भए यस्ता कार्यहरू सजिलैसंग गर्न सकिने रहेछ भन्ने यो बलाबास ब्रीज निर्माणको कार्यले प्रमाणित भएको छ। हामीले हरेक कुरा सरकारमाथि निर्भर गर्नु हुँदैन। हामीले सक्ने कार्यहरू हामी आफै गर्नुपर्छ।’