जग्गा विवादमा दुई पक्षबीच झडप, कैयौं घाइते

IMG-20240512-WA0220.jpg

उत्तर दिनाजपुर: पुरानो जग्गा विवादमा दुई पक्षबीच भएको झडपमा कैयौं घाइते भएका घटना उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थानाको माटिकुण्डा नम्बर एक ग्राम पञ्चायतको बेनाबारी चापसद क्षेत्रमा भएको हो। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। शाह आलमको इसरुल हकसँग लामो समयदेखि जग्गाको विषयमा विवाद चलिरहेको बताइएको छ। विवाद समाधानका लागि पटक–पटक मध्यस्थता भए पनि समाधान हुन सकेको छैन। आइतबार बिहान शाह आलमका मानिसहरू जग्गा जोत्न गएपछि इस्रुल हकका मानिसहरूले रोकेपछि दुई पक्षबीच झगडा भएको आरोप छ। विवादपछि झडप भएको थियो र झडपमा दुवै पक्षका धेरै घाइते भएका थिए। घाइतेहरुको इस्लामपुर डिभिजन अस्पतालमा उपचार भइरहेको छ। यो जग्गालाई दुवै पक्षले आफ्नो भूमि दाबी गर्दै आएका छन्। खबर पाएलगत्तै इस्लामपुर पुलिस थानाका पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement