कलाकार कर्म ग्याल्छेन बम्जनलाई खरसाङमा स्रष्टा सम्मानद्वारा सम्मान्

IMG-20240512-WA0247.jpg

खरसाङ: वरिष्ठ गायक, संगीतकार, गीतकार एंव कलाकार कर्म ग्याल्छेन बम्जनलाई आईतबार खरसाङमा स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ। कलाकार संघ खरसाङ र नमस्ते खरसाङको संयुक्त आयोजनामा खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा सम्पन्न एक कार्यक्रमबीच कलाकार कर्म ग्याल्छेन बम्जनलाई सम्मानित गरिएको छ। उनलाई सम्मान जनाउन आयोजित कार्यक्रममा सभाध्यक्ष र प्रमुख अतिथि नराखी आयोजित कार्यक्रममा वरिष्ठ गायक, संगीतकार, गीतकार, उदघोषक, समाजसेवीहरू, साहित्यकारहरू साथै विशिष्ट व्यक्तिहरू उपस्थित रहेका थिए। नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले स्वागत सम्भाषण राखेको कार्यक्रमलाई सबिना गिरीले सञ्चालन गरेका थिए। कार्यक्रममा महेश सेवा, सुरक्षा सेञ्चुरी, श्रावण बराईली आदिले गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा गायक, संगीतकार एंव गीतकार कर्म ग्याल्छेन बम्जन विषयमा कलाकार संघ खरसाङको प्रमुख एवं वरिष्ठ संगीतकार महेश्वर लामाले विस्तृत रूपमा जानकारी गराएका थिए। कार्यक्रममा सिल्भेष्टर लेप्चाद्वारा आर्कषक नृत्य प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा गायक संगीतकार, शब्दकार कर्म ग्याल्छेन बम्जनलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको थियो। उनलाई खदार्पणसहित नेपाली टोपी पहिराएर स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरी साथै उनको पत्नीलाई शल ओढाएर सम्मानित गरिएको छ। यस अवसरमा गायक तथा संगीतकार कर्म ग्याल्छेन बम्जनले सबैलाई धन्यवाद दिन्दै आफ्नो प्रस्तुति पनि दिएका थिए।

उनले आफु आधा उमेरसम्म सेनामा कार्य गरेर पछिबाट अवकाशपछि काठमाण्डौं गएर नेपाली संगीत क्षेत्रमा धेरै संघर्ष गरेको र आज आफुलाई यसरी सम्मान जनाएकोमा सबैप्रति धन्यवाद दिएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ संगीतकार राजु सुन्दासले राखेका थिए।

यस कार्यक्रममा संगीतकार गोबिन्दसिंह घतानी, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, वरिष्ठ स्रष्टा जीबी बल, समाजसेवी टीटी लामा लगायत विभिन्न क्षेत्रबाट गायक, संगीतकार, गीतकार, उदघोषक, समाजसेवीहरू, साहित्यकारहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement