मुस्ताङलाई हरियाली बनाइँदै अभियान शुरु

IMG-20240512-WA0214.jpg

झापा: देशकै सबै भन्दा कम वन क्षेत्र रहेको मुस्ताङलाई हरियाली बनाउन शुरुगरिएको छ। करिब प्रतिशत भन्दा कम वन अर्थात् हरियाली रहेको मुस्ताङलाई हरियाली बनाउन लोमान्थाङबाट वृक्षारोपण अभियान सञ्चालन गरिएको छ।हाम्रो अभियान हरियाली लोमान्थाङ, खुसीयाली लोमान्थाङभन्ने नाराका साथ गाउँपालिकाले वृक्षारोपण अभियान थालेको हो। चीनको सिमानासँग जोडिएको अपर मुस्ताङको लोमान्थाङका नाङ्गा पहाड भूगोललाई हरियाली बनाउन वृक्षारोपण अभियान थालेको गाउँपालिकाले जनाएको छ। अभियान अन्तर्गत चालू आर्थिक वर्षमा दश हजार भोटे पिपलका बिरुवाहर रोपिने गाउँपालिकाका अध्यक्ष टसी न्हर्वुगुरुङले बताए। उनले भने,जलवाय परिवर्तनले निम्त्याएको प्राकृतिक प्रकोप न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गरी वातावरणीय लाभ प्राप्तिको लागि वृक्षारोपण अभियान सञ्चालन गरेका छौँ।

लोमान्थाङलाई हरियाली बनाउन अघिल्लो आर्थिक वर्ष देखि गाउँपालिकाले वृक्षारोपण अभियान थालेको बताए। अघिल्लो वर्ष विभिन्न वार्डहरूमा पाँच हजार बिरुवा रोपेको गाउँपालिकाले यो वर्ष प्रत्येक वडामा दुई हजारका दरले दश हजार बिरुवा रोप्ने योजना बनाएको पालिका अध्यक्ष गुरुङले जानकारी दिएका छन। वृक्षारोपणले लोमान्थाङलाई हरियाली र वातावरणमैत्री बनाउने उनले विश्वास व्यक्त गरे।
वृक्षारोपण अभियानमा जनप्रतिनिधि, स्थानीय आमा समूह, युवा क्लब र स्थानीयवासीहरुको सहभागिता रहेको लोमान्थाङ गाउँपालिका वार्ड नम्बर २ का वार्डाध्यक्ष कर्म नामगेल गुरुङले जानकारी दिए। माटोको सहरका रूपमा परिचित उपल्लो मुस्ताङको लोमान्थाङ पर्यटकीय स्थल हो। लोमान्थाङलाई स्वच्छ,सुन्दर र वातावरणमैत्री बनाई पर्यटन प्रवर्द्धन गर्न नाङ्गा डाँडाहरूलाई हरियाली बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।
लोमान्थाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। लोमान्थाङ तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो पनि हो। समाचार स्रोतका अनुसार ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र पठारको रमणीय दृश्यले यहाँ पर्यटक आकर्षित हुन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement