खरसाङ: आज अन्तरार्ष्ट्रीय नर्स दिवसको अवसरमा खरसाङ महकुमा अस्पतालमा कार्यरत् नर्सहरूलाई भारती गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा साथै जीटीएद्वारा सम्मान जनाइएको छ। विश्व नर्स दिवसकाे उपलक्ष्यमा खरसाङ महकुमा अस्पतालकाे नर्सहरुलाई उनीहरुकाे कार्य र योगदानकाे लागि खदार्पण गरेर साथै केक काटेर सम्मान भागोप्रमो खरसाङ महकुमा समितिद्वारा सम्मान जनाएका छन्। खरसाङ महकुमा अस्पतालको नर्सहरूद्वारा आयोजित कार्यक्रममा नै भागोप्रमोको टोली पुगेर सबै नर्सहरूलाई सम्मान जनाएका छन् भने अस्पतालको प्रत्येक वार्डमा पुगेर ड्युटीमा रहेका नर्सहरूलाई पनि सम्मान जनाएका छन्। भागोप्रमोको उक्त टोलीमा जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पा, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, सचिव प्रणाम रसाइली, कोषाध्यक्ष सञ्जय प्रधान, प्रचार प्रसार सचिव दिपेन सेवा, पञ्चायत समिति सदस्य दिनेश तामाङ, युवा शक्तिबाट महेश राई, रुपेश देवान, राकेश प्रसाद विशेष रुपमा उपस्थित रहेका थिए। उक्त सम्मान विषयमा पत्रकारहरूसित कुराकानी गर्दै स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पाले विश्व नर्स दिवसको अवसरमा भागोप्रमोले वार्षिक रूपमा नर्सहरूलाई सम्मान जनाउने कार्य गर्दै आईरहेका छन् भने यसपाली पनि नर्सहरूलाई सम्मान जनाइएको जानकारी गराएका छन् । उनले भागोप्रमोले नर्सहरूले दिएको विशेष योगदानको लागि भागोप्रमोले सम्मान जनाएको बताउँदै आगामी दिनमा पनि यो जारी रहने बताएका छन्। त्यसरी नै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले भागोप्रमो खरसाङ महकुमा समितिको आयोजनामा नर्स दिवसको उपलक्ष्यमा प्रति वर्ष नर्सहरूलाई सम्मान जनाउने कार्य गरिरहेको र यसपाली पनि सम्मान गरिएको बताएका छन्। उनले नर्सहरूले वर्षभरि समय दिएर रोगीहरूका सेवा गरिरहेका छन्। त्यसैले भागोप्रमोले प्रत्येक वर्ष नै नर्सहरूलाई सम्मान जनाउने परम्परा नै बनाएको र सुमधुर सम्बन्ध कायम गर्न साथै रोगीहरूलाई सेवा गर्नलाई हौसला र बल पुगोस् भनेर यो सम्मान जनाएको बताएका छन्।