सभासद मिलेश राईले गरे पैह्रो ग्रस्त क्षेत्रको निरीक्षण

मिरिक: गत हप्ता अविरल परेको वर्षाको कारण मरमा चियाबारीको नयाँ कमानमा निर्माणाधिन सडक पैह्रो गएपछि स्थानीयहरूले धेरै असुविधाको सामना गर्न परिरहेको छ। यसै कुरोलाई मध्यनजर गर्दै आज क्षेत्रका नव निर्वाचित सभासद मिलेश राईले पैह्रो ग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरे। पैह्रोको निरीक्षण गरेपछि सभासद मिलेश राईले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा भने, यो निर्माणाधिन सडक हो। गत हप्ताको अविरल झरीले पैह्रो गएपछि स्थानीयहरूलाई असुविधा भइरहेको छ। मैले पैह्रो गएको खबर सुनेपछि उतिबेला पनि अभियन्ताहरूलाई जायगा लिन पठाएको थिए। तथापि यो पैह्रोको समस्यालाई समाधान गर्नका लागि चाँडो काम शुरू हुनेछ। हाल वर्षाको समय भएकोले कतिपय कारणवश काम सुचारू रूपमा हुन सकिरहेको छैन। तर अबको पन्द्रह दिनपछि नै सडकको काम फेरि सुचारू गराउने कोशिश गर्नेछु भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *