हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम सम्भव: राष्ट्रपति बाइडेन

Joe-Biden

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने बताएका छन्। सियाटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले हमासले बन्धकहरु रिहा गर्ने र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको  हातमा रहेको बताए। अमेरिका पनि युद्धविरामको पक्षमा रहेको उल्लेख गर्दै रफाहमा इजरायलको आक्रमणको विरोध बाइडेनले गरे। बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै सरकारले तोपखाना र अन्य हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए।

हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन्। हमासका आतंककारीहरूले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाई हमला गरेका थिए। यस हमलामा ११७० भन्दा बढी मानिस मारिएका थिए। त्यतिबेला २५० जनालाई अपहरण गरी गाजा पट्टी लगिएको थियो। त्यसयता तीमध्ये आधा बन्धक अझै हमासको नियन्त्रणमा छन्। उक्त नियन्त्रणमा नेपालका विपीन जोशी पनि रहेको र उनको पनि अहिलेसम्म कुनै सूचना बाहिर आएको छैन। इजरायलको जवाफी हमलामा गाजामा ३४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement