गजल

Gazal

सत्ता बचाउन नै अरूको जीवनसंग खेल्नु राजनीति भयो

आफू माथि पुगि अरूलाई भीरमा धकेल्नु राजनीति भयो

सत्ता दिएको जनताले देशमा सुशासन कायम गर्नलाई हो

तर उल्टो त्यही जनतालाई कानूनले पेल्नु राजनीति भयो

सारा सुविधा जति केवल सत्ताधारी नेता र लालफितेलाई

गरीब जनता चैं सधैं महंगाईको मार झेल्नु राजनीति भयो

नियम कानून गोजीमा हुन्छ सत्ताधारी पार्टी र नेताहरुको

र त सरकारी नोकरीमा आफ्नोलाई ठेल्नु राजनीति भयो

नाम  राजनीतिको, काम भने गर्छन् केवल भाँजनीतिको

विपक्षीको सदस्य तान्नलाई  पापड बेल्नु राजनीति भयोll

About Author

Advertisement