बरोघरिया बटली स्वर्णमयी प्राथमिक विद्यालयमा मातृ दिवस मनाइयो

IMG-20240512-WA0207

जलपाईगढी: आमा सबैको जीवनमा पहिलो मार्गदर्शक, सल्लाहकार, दार्शनिक, गुरु र साथी हुन्। आमालाई विभिन्न भाषामा फरक-फरक शब्दले सम्बोधन गरिए पनि हरेक सन्तानको लागि उनी अमूल्य सम्पत्ति हुन्। भारतमा हरेक वर्ष मई महिनाको दोस्रो आइतबार मातृ दिवस मनाइन्छ। विगतका वर्षहरू जस्तै यस वर्ष पनि जलपाईगढी जिल्लाको धुपगुरी ब्लकको बरोघरिया बटाली स्वर्णमयी प्राथमिक विद्यालयमा अनौठो तरिकाले मातृ दिवस मनाइयो। अन्तर्राष्ट्रिय आमा दिवसको अवसरमा विद्यालय परिसरमा ‘माँ पूजा’ आयोजना गरियो। आज विद्यालयका विद्यार्थीहरुले भक्तिपूर्वक आमाको पुजा गरेको देखियो। सबैभन्दा पहिले विद्यार्थीले आमाको खुट्टा पानीले धुने र त्यसपछि हात जोडेर आमाओ शपथ पाठ गरेको विद्यालयले जनाएको छ। विद्यालयको यो कदमबाट अभिभावकहरु खुशी भएका छन्। यस सम्बन्धमा विद्यालयका कार्यवाहक प्रधानाध्यापक जय बासाकले बालबालिकाले अभिभावकलाई सम्मान र माया गर्नुपर्छ भन्ने उद्देश्यले माता पूजा आयोजना गरिएको बताए। धेरै असहाय अभिभावक वृद्धावस्थामा वृद्धाश्रममा जानु परेको छ र संयुक्त परिवार पनि टुट्दै गएकाले अभिभावकप्रति सम्मान गर्ने दृष्टिकोणको विकास गर्न यो पहल गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement