झापा: माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नृत्य निर्देशक संघ नेपालद्वारा आयाेजित प्रदेश एवम् जिल्ला पदस्थापन सपथ ग्रहण तथा बधाई कार्यक्रम सम्पन्न भयो।
काेशी प्रदेश नृत्य निर्देशक संघकाे अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक राजु बस्नेत चयन भएका थिए। सुन्दरहरैँचा- १० स्थित सिद्धार्थ स्कुलमा सर्वसम्मत चयन हुने पदाधिकारीहरूकाे सफत ग्रहण गराइ प्रमाण पत्र समेत वितरण गरिएकाे थियाे। संघकाे काेशी प्रदेश उपाध्यक्षमा इश्वरीप्रसाद सिग्देल, देबराज खड्का, विमल नेपाल, सचिवमा लालबहादुर शंकर, सहसचिवमा मिथुन ठाकुर, काेषाध्यक्षमा गिता पाैडेल, सह काेषाध्यक्षमा मनाेज राजवंशी चयन भएका छन्। यस्तै सदस्यमा सन्तोष मगर, अमृत खड्का, राजु गिरि, तेज मगर, विशाल रसाइली, रमन दाहाल सुमन याेगिलाई चयन गरेकाे हाे।
नृत्य हाम्रो अभिमान कला र संस्कृतिकाे पहिचान भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपाल काेशी प्रदेश तथा जिल्लाकाे पदस्थापन तथा सफथ ग्रहण समारोहका बीच सबै १५ पदाधिकारीलाई सपथ गराईएकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं थिए। उनले काेशी प्रदेशकाे सांस्कृतिक र जातिय पहिचान झल्काउने नृत्य कलाकाे क्षेत्र नृत्य निर्देशकहरूकाे अहम् भुमिका रहेकाे बताए। उनले “सांस्कृतिक संरक्षणकाे विकास कुनै बाधा विना दुत रूपमा हुनु पर्ने समेत बताए। विभिन्न जातीय संस्कृतिकाे खाेज, अनुसज्धानमा धेरै मेहनत गरेर कलाकार जन्माउनमा निर्देशककाे महत्त्वपूर्ण भुमिका रहेकाे भन्दै प्रसंसा समेत गरे। यस्तै आगामी दिनमा याे संस्था नगर सहकार्य गरेर अघि बढ्ने समेत बताए।
कार्यक्रममा काेशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले देशकाे कला र संस्कृतिलाई बचाउने काम नृत्य निर्देशकले गरेको उल्लेख गर्दै पदाधिकारीलाई शुभकामना दिए। यसैगरी नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले सरकारसंग भएको अधिकार खाेज्न पनि संगठनात्मक रूपमा अघि बढ्ने बताए। काेशी प्रदेश जस्तो कला र संस्कृति रहेकाे प्रदेशका नाट्य निर्देशकले गर्भ गर्न लायक काम गरेकाे भन्दै प्रसंसा गरेका थिए।
कार्यक्रममा माेरङ, सुनसरी, झापा र इलाम जिल्लाकाे समेत नयाँ समितिकाे सपथ ग्रहण गराईएकाे थियाे। संघकाे माेरङ अध्यक्षमा इन्द्रजित मगर, सुनसरी अध्यक्ष मणिकुमर लिम्बू , झापा अध्यक्ष अमन गुप्ता तथा इलामको अध्यक्षमा संकाेच मगर लगायत रहेका छन्।