पहलवान अमन सहरावत ओलम्पिक कोटा हासिल गर्न सफल

IMG-20240512-WA0143.jpg

नयाँ दिल्ली: एशियन च्याम्पियन अमन सहरावतले तुर्कीको राजधानी इस्तानबुलमा जारी विश्व कुश्ती ओलम्पिक क्वालीफायरमा पुरुषहरूका ५७ किग्रा फ्रीस्टाइल वर्गमा भारतको निम्ति पेरिस २०२४-को कोटा हासिल गरे। यसरी अनुभवी दीपक पूनिया चाहिँ असफल रहे अनि पहिलो राउण्डमै बाहिर भए। पेरिस ओलम्पिकको निम्ति कुश्तीमा यो भारतको समग्रमा छैटौं अनि पुरुष डिवीजनमा पहिलो कोटा हो। यसअघि पाँचैवटा कोटा महिला पहलवानहरूले हासिल गरेकी थिइन्। अण्डर-२३ वर्ल्ड च्याम्पियन सहरावतले सेमिफाइनलमा दक्षिण कोरियाका चोंगसोंग हानलाई १२-२-ले पराजित गरे। यसरी टोक्यो ओलम्पिकमा सामान्यले गर्दा काँस्य पदक जित्नदेखि चुक्ने दीपक पूनियाले ८६ किग्रा वर्गको पहिलो चरणमा चीनका शक्तिशाली जुशेन लिन विरुद्ध शुरुवाती बढ़त हासिल गरे पनि ४-६-ले हारको सामना गर्नु पऱ्यो। इस्तानबुलमा जारी प्रतियोगिता पहलवानहरूका निम्ति आउँदो ओलम्पिक खेलहरूका निम्ति कोटा हासिल गर्ने अन्तिम मौका हो। प्रत्येक भार वर्गमा तीनवटा कोटा रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement