झापा: वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड चार दिनदेखि पुलिसको नियन्त्रणमा छन्। इलाका पुलिस कार्यालय झलारीमा आफैँ उपस्थित भएर उनले आत्मसमर्पण गरेका हुन्। जिल्ला पुलिस कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले उनीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए। नेपाल आइडल सिजन- २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत मई २ मा उजुरी दिएकी थिइन्। पुलिसले सो दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। पुलिसले सो दिन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो। तर देश बाहिर रहेका कारण उनी पक्राउ परेका थिएनन्।