नयाँ दिल्ली: आईपीएल २०२४-मा राजस्थान रोयल्स विरुद्ध म्याचमा धीमा ओभर रेटले गर्दा दिल्ली क्यापिटल्सका कप्तान रिषभ पन्तमाथि ३० लाख रुपियाँको जरिमाना लगाउनको साथै उनलाई एक म्याचको निम्ति निलम्बित पनि गरिएको छ। यसैकारण पन्तले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) विरुद्ध आइतवार हुने महत्त्वपूर्ण म्याचमा खेल्न सक्नेछैनन्। जारी सीजनमा धीमा ओभर रेटले गर्दा पन्तमाथि तेस्रोपल्ट जरिमाना लगाइएको छ। पहिलो दुई अपराधको निम्ति उनीमाथि केवल आर्थिक जरिमाना लगाइएको थियो तर तेस्रोपल्ट आईपीएल आचार संहिताको उल्लंघन गर्दा पन्तलाई एउटा म्याचको निम्ति पनि निलम्बित गरियो। आईपीएलद्वारा जारी बयानमा भनिएको छ, दिल्ली क्यापिटल्सका कप्तान रिषभ पन्तमाथि टाटा इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-माराजस्थान रोयल्स विरुद्ध अरुण जेटली स्टेडियममा आचार संहिताको उल्लंघनको निम्ति जरिमाना लगाइएको छ अनि एउटा म्याचको निम्ति निलम्बित गरिएको छ। दिल्ली क्यापिटल्सको प्रथम एकादशका रहल सदस्यहरूसहित इम्प्याक्ट प्लेयरमाथि पनि १२ लाख रुपियाँ या उनीहरूका म्याच फीसको ५० प्रतिशतमा जुन पनि कम्ती हुनेछ, जरिमाना लगाइएको छ। आईपीएल आचार संहिताको अनुच्छेद ९ अनुसार दिल्ली क्यापिटल्सले म्याच रेफकीको फसेलालाई चुनौती दिँदै अपील दायर गरे पनि कुनै फाइदा भएन।