श्रीमानलाई ब्राउन सुगर खानदेखि रोक लगाउँदा ससुराली पक्षले बुहारीलाई विष खुवाएर गरे हत्या

IMG-20240511-WA0189.jpg

मालदा:मालदाको हरिश्चन्द्रपुरमा ब्राउन सुगर नखानु भनि अनुरोध गर्दा श्रीमानले श्रीमतिलाई कुटपिट गरेको र ससुरा र सासुले बुहारीको मुखमा जबर्जस्ती विष हाली खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ। हरिश्चन्द्रपुर थाना अन्तर्गतको तुलसीहाटा ग्राम पञ्चायतमा भएको घटना हो।नर्सिङ होममा तीन दिनसम्म मृत्युसँगको लडाइँपछि दुई सन्तानकी आमाको मृत्यु भएको छ। लागूऔषध सेवन नगर्नु भन्दा श्रीमानले श्रीमतीलाई कुटपिट गरेपछि सासु ससुरा मिलेर विष खुवाएर मार्ने प्रयास गरेको बताइएको छ। पति शहेंशा अली, ससुरा सफिउल हक र सासु सेबेरा बिबीलाई हत्याको आरोप लगाइएको छ। यस घटनापछि अभियुक्तहरू भागेका छन्। महिलाका परिवारले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। जानकारी अनुसार करिब सात वर्षअघि सत्तल गाउँकी शहेन्सा अलीको विवाह हरिश्चन्द्रपुर थाना सलालपुर गाउँका अशरफुल हककी छोरी अदरी खातुनसित भएको थियो।शहेन्सा पेसाले प्रवासी श्रमिक थियो। उनीहरुका दुई सन्तान छन्। श्रीमतीले घरमा नै ब्राउन सुगर खान रोक्न खोजेमा नराम्ररी पिट्ने गर्थे। श्रीमान, ससुरा र परिवारका सदस्यले बुहारीलाई विना कारण शारीरिक र मानसिक यातना दिने गरेका थिए। यो समस्या समाधानका लागि गाउँमा पटकपटक मध्यस्थताको बैठक बसेको पनि थियो। तर अझै पनि स्थायी समस्या समाधान हुन सकेको थिएन।

आरोपित युवकले गत आइतबार आफ्नी स्वास्नीलाई खेतमा किटनाशक दवाई बारीमा हाल्न लगेको थियो। त्यहाँ उनले दुलहीलाई कुटपिट गरे। त्यसपछि घरमा ल्याई घरमा थुनेर श्रीमान्, ससुरा र सासुले मिलेर कुटपिट गरी हत्या गर्न मुखमा विष हालिदिएका थिए। स्थानीयहरुले सो महिलालाई अचेत अवस्थामा हरिश्चन्द्रपुर ग्रामीण अस्पताल लगे, जहाँबाट उनलाई मालदा मेडिकल कलेज रेफर गरेपछि गृहिणीका बुवाले उनलाई चंचल सुपर स्पेशलिटी अस्पतालमा लगे। तीन दिनसम्म आईसीयू कक्षमा मृत्युसँग लड्दै शुक्रबार बिहान उनले मृत्युसित हार माने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement