काेलकाता: प्रधानमन्त्री नरेन्द्र मोदी एकपल्ट फेरि लोकसभा चुनाउ प्रचारको निम्ति बंगाल आइरहेका छन्। आइतवार मोदीले तीन जिल्ला हुगली, उत्तर २४ परगना र हावडामा चार जनसभालाई सम्बोधित गर्नेछन्।
प्रधानमन्त्री शनिवार अबेर सॉंझ कोलकाता पुग्नेछन्। यहॉं राजभवनमा राति विश्राम गर्नेछन्। प्रधानमन्त्रीको भ्रमणलाई लिएर शहरमा कडा सुरक्षा व्यवस्था गरिएको छ। शनिवार दिउॅंसोदेखि कोलकाताका विभिन्न सडकहरूमा ट्राफिक कण्ट्रोल शुरू गरिएको छ।
लोकसभा चुनाउको तारिक घोषणा भएपछि पीएम मोदी 9औं पल्ट राज्यको भ्रमणमा आइरहेका छन्। देशमा सोमवार चौथो चरणको मतदान छ। त्यसको एक दिनअघि मोदीले बंगालमा लगातार चार सभा गर्नेछन्। उनको पहिलो सभा उत्तर 24 परगनाको भाटपाडामा हुनेछ। मोदीले ब्यारेकपुर लोकसभा क्षेत्रबाट भाजपा उम्मेदवार अर्जुन सिंहको निम्ति सभा गर्नेछन्।
यसपछि भाजपा उम्मेदवार लकेट च्याटर्जीको समर्थनमा चुंचुडामा दोस्रो सभा गर्नेछन्। हुगलीपछि प्रधानमन्त्रीको तेस्रो सभा दिउॅंसो २:३० बजी हुनेछ। आरामबाग लोकसभा क्षेत्रको पुरशुरामा भाजपा उम्मेदवार अरूपकान्ति दिगरको समर्थनमा सभा गर्नेछन्। चौथो र अन्तिम सभा हावडा जिल्लाको सांकराइलमा हुनेछ। प्रधानमन्त्रीले भाजपा उम्मेदवार रथिन चक्रवर्तीको समर्थनमा सभा गर्नेछन्।