जलपाईगुडी: मैनागुडीको नयाँ बजार क्षेत्रमा टोटो चोरीको घटना शनिबार भएको छ। धेरै ठाउँमा खोजी गर्दा पनि टोटो पत्ता नलागेपछि त्यसका मालिक रुपम दत्तले पुलिस थानामा लिखित उजुरी दिएका थिए। शनिबार नयाँ बजारमा टोटो छोडेर बजार गएको बताइएको छ। किनमेल गरेर फर्किएपछि टोटो नरहेको देखे। यता उता खोजे तर केही भेटिएन। पछि उनले मैनागुडी पुलिस थानामा लिखित उजुरी दिए। घटनाबारे मैनागुडी पुलिस थानाले अनुसन्धान सुरु गरेको छ।