अलीपुरद्वार विश्वद्यालयको कुलपति सडक दुर्घटनामा घाइते

IMG-20240511-WA0193.jpg

अलीपुरद्वार: अलीपुरद्वार विश्वविद्यालयका कुलपति रथिन ब्यानर्जी सडक दुर्घटनामा घाइते भएका छन्। घटना शनिवार दिउॅंसो फालाकाटा ब्लकमा घटेको हो। घटनापछि कुलपतिलाई सिलगढीको एउटा नर्सिङ होममा भर्ती गरियो।

सूत्रहरू अनुसार, शनिवार दिउॅंसो अलीपुरद्वारबाट कुलपति रथिन ब्यानर्जी आफ्नो कारमा सिलगढी गइरहेका थिए। त्यही समय फालाकाटा ब्लकको गोआबर ग्राम पंचायतको बागरीबाडी क्षेत्रमा उनको कार ट्रकसॅंग ठोकियो। घटनामा उनी गम्भीर रूपमा घाइते भए।

घटनापछि घाइते कुलपतिलाई सिलगढीको एउटा नर्सिङ होममा भर्ती गरियो। घटनाको सूचना फालाकाटा थानाको पुलिसलाई दिइयो, जसपछि पुलिसले वाहनहरूलाई आफ्नो कब्जामा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement