चौथो त्रैमासिकमा यूनियन ब्यांक अफ इण्डियाको शुद्ध लाभ १८ प्रतिशतले बढ़्यो

merge-UBI-Andh.jpg

नयाँ दिल्ली: यूनियन ब्यांक अफ इण्डियाले वित्त वर्ष २०२३-२४ काे चौथो त्रैमासिक परिणाम घोषणा गरेको छ। गत ३१ मार्च, २०२४-मा समाप्त भएको चौथो त्रैमासिकमा ब्यांकको एकीकृत शुद्ध लाभ १८.३६ प्रतिशत बढ़ेर ३,३२८ करोड़ रुपियाँ पुग्यो।

ब्यांकले शनिवार एक बयानमा बताएक अनुसार, ३१ मार्च, २०२४- मा समाप्त भएको चौथो त्रैमासिकमा ब्यांकको एकीकृत शुद्ध लाभ १८.३६ प्रतिशतदेखि बढ़ेर ३,३२८ करोड़ रुपियाँ भएको छ। यसरी नै ब्यांकको एकल शुद्ध लाभ बढ़ेर ३,३११ करोड़ रुपियाँ पुगेको छ जुन पछिल्लो वित्त वर्षको समान अवधिमा २,७८२ करोड़ रुपियाँ रहेको थियो। फसेको ऋणको लागि कम प्रावधान रहेको कारण यसको मुनाफा बढ़ेको हो।

जनवरी-मार्चसम्मको त्रैमासिक अवधि अग्रिममा ११.७ प्रतिशतको वृद्धिबाट ब्यांकको मुख्य शुद्ध ब्याज आय १४.३८ प्रतिशत बढ़ेर ९,४३७ करोड़ रुपियाँ पुगेको छ। शुद्ध ब्याज मार्जिन बढ़ेर ३.१० प्रतिशत भएको छ जुन यसपूर्वको वित्त वर्ष २०२२-२३ -को समान अवधिमा २.९७ प्रतिशत थियो। यस अतिरिक्त ब्यांकको संचयी शुद्ध लाभ वित्त वर्ष २०२३-२४ मा १३,७९७ करोड़ रुपियाँ रह्यो जुन पछिल्लो वित्त वर्षमा ८,५१२ करोड़ रुपियाँ थियो।

ब्यांकका प्रबन्ध निदेशक औ मुख्य कार्यकारी अधिकारी ए. मणिमेखलाईले भने, ब्यांकलाई चालू वित्त वर्ष २०२४-२५ अवधि ऋण वृद्धि ११-१३ प्रतिशत अनि जम्मा वृद्धि ९-११ प्रतिशत रहने आशा छ। यस बाहेक ब्यांकको फसेको ऋणको लागि कुल प्रावधान वर्षेनी आधारमा ४,०४१ करोड़ रुपियाँदेखि घटेर ३,२२२ करोड़ रुपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement