गान्तोक: सिक्किम सरकारी नर्सेस वेलफेयर एसोसिएशन र एसटीएनएम अस्पताल सोचेग्याङको संयुक्त पहलमा आज अन्तराष्ट्रीय नर्सेस दिवस भव्यरूपमा पालन गरियो। हाम्रो नर्सेस, हाम्रो भविष्य़, हेरचाहको आर्थिक शक्ति थिममा आयोजित कार्यक्रममा एसटीएनएम अस्पतालकी मेडिकल सुप्रिन्टेन्डेन्ट डा. रूथ योञ्जन मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिइन् भने डा. सुरेश मदन रसाईली, डा. चिन्तमुनि शर्मा, डा.डीबी विष्ठ विशिष्ट अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै डा. रुथ योन्जोनले नर्सिङ स्टाफको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै उनीहरूको अमूल्य योगदानलाई विश्वव्यापीरूपमा मान्यता दिएको जानकारी गराइन्। उनले नर्सहरूले स्वास्थ्य सेवा प्रणालीको मेरुदण्डको रूपमा काम गर्ने, हरेक दिन अथक रूपमा दयालु स्वाभावमा रहेर हेरचाह गर्नुपर्ने विषयमा जोड दिइन्।
उनले नर्सहरूको साहस, लचिलोपन, र बिरामीहरूप्रति अटल प्रतिबद्धतालाई प्रकाश पार्दै, रोगीहरूलाई निःस्वार्थ रूपमा जाती पार्ने नायकहरूको रूपमा वर्णन गरिन्।
डा. योन्जोनले फ्लोरेन्स नाइटिङगेललाई उनको अग्रगामी भावना र नर्सहरूको विश्वव्यापी प्रभावलाई स्वीकार गर्दै श्रद्धाञ्जली अर्पण गरिन्। उनले नर्सहरूले प्रत्यक्ष बिरामी हेरचाह मात्र प्रदान गरिनन् तर व्यक्तिहरूलाई निवारक उपायहरू र स्वास्थ्य सेवा पहुँच र इक्विटी बढाउन नीतिहरूको वकालत गर्ने बारे पाठ सिकाएर गएको बताइन्।
उनले नर्सहरूको समर्पण र बलिदानको लागि कृतज्ञता व्यक्त गर्दै, उनीहरूको व्यावसायिक विकासमा लगानी गरेर र स्वास्थ्य सेवामा उनीहरूको महत्त्वपूर्ण भूमिकाको लागि मान्यता सुनिश्चित गरी उनीहरूलाई समर्थन र सशक्तिकरण गर्न प्रतिबद्ध गर्न सबैलाई आग्रह गरेकी छन्। आजको यस कार्यक्रममा स्वार्गीय इन्दिरा कला माथेमाका परिवारलाई सिक्किम सरकारी नर्सेस वेलफेयर एसोसिएशनमा योगदान दिएकोमा सम्मान जनाइयो। यसरी नै ओभिया आर्ट सर्कलका सदस्यहरूलाई पनि एसटीएनएम अस्पतालको नानीहरू राख्ने कक्षमा चित्रण गरेकोमा सम्मान जनाइयो। सोही प्रकारले संयुक्त निर्देशक कमला भट्टराईले वर्ष २०२३-२४ मा हासिल गरेको उपलब्धिबारे प्रकाश पारिन्।
.
.