गान्तोक: सिक्किम फुटबल एसोसिएशनद्वारा आयोजित सी- डिभीजन लीगको दोस्रो चरणको अन्तिम दुईवटा खेल सम्पन्न भयो,जसमा पहिलो चरणमा पेगोङ स्पोर्टिङ क्लव बनाम जेभीसी सिङतामबीच सम्पन्न भएको थियो। यस खेलमा जेभीसीले एकको विरूद्ध दुई गोल गरेर जित सुनिश्चित गर्न सफल बन्यो। आजको यस खेलमा जेभीसी दलका खेलाडी इन्द्र बहादुर दर्जीलाई म्यान अफ् द म्याच घोषित गरियो। सोही प्रकारले दोस्रो खेल डेञ्जोङ बोयज एफसी बनाम युनाइटेड पाचेखानी स्पोर्टिङ क्लबबीच सम्पन्न भएको थियो,जसमा डेञ्जोङ बोयजले एकको विरूद्ध पाँच गोल गरेर सजिलो प्रकारले खेल जित्यो। डेञ्जोङ बोयजको तर्फबाट विवेक राई, प्रयास गुरूङ, सोनम तामाङ,साङ्गे भोटिया र नार्गेल तामाङले गोल गरेका थिए भने पाचेखानीको तर्फभाट लेन्डुप भोटियाले एक गोल गरेका थिए।आजको यस खेलमा विवेक राईलाई म्यान अफ् द म्याच घोषित गरियो। तेस्रो चरणको खेल आगामी 13 मईदेखि शुरू हुनेछ भने उक्त खेलको पहिलो चरणमा छुजाचेन एसए बनाम सिक्किम ड्रेगन एफसीबीच सम्पन्न हुनेछ भने दोस्रो खेल हिलस्टोन बनाम माझीटार एससीबीच सम्पन्न हुने आयोजक समितिले जानकारी गराएको छ।