सिलगढी: निर्वाचन ड्युटीमा खटिएका बीएसएफका जवानले पुलिससँगै मिलेर जाँचको क्रममा कारबाट धेरै परिमाणमा मदिरा बरामद गर्नुका साथै दुई भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ। आज बिहान करिब ५ः२० बजे उत्तर बङ्गाल सीमा क्षेत्रको किशनगञ्ज सेक्टर अन्तर्गतको १५२ बटालियनका बीएसएफका जवानहरूले आम संसदीय निर्वाचनको कामका लागि तदर्थ-४८३ बटालियनसहित बिहार पुलिसको समस्तीपुर (बिहार)मा संयुक्त मोबाइल चेकिङ गरेका थिए। आउट पोस्ट हलाई, समस्तीपुर (बिहार) को इलाकामा दुईजना भारतीय नागरिक सतेन्द्रप्रसाद गाँउ जमनबिघा, जिल्ला पटना (बिहार)का सतेन्द्र प्रसादका छोरा मनोज कुमार (३० वर्ष) र शत्रुघ्न रायका छोरा शंकरकुमार (२९ वर्ष) रहेका छन्।

गाउँ–खर्जुमा, जिल्ला–वैशाली (बिहार) का बासिन्दा टाटा इन्डोगो सीएस सेतो कलरको बीआरओ ०१ ए० ९१८० नम्बरको कार लिएर दरभंगा जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। कारको विस्तृत खोजी गर्दा ०२ वटा ट्रली झोला (निलो रङ) मा गोप्य रुपमा लुकाएर राखिएको ६० बोतल मदिरा बरामद भएको छ। बरामद कार र मदिरा सहित पक्राउ परेका दुवै जनालाई थप कानुनी कारबाहीका लागि पुलिस थाना हलाई, समस्तीपुर (बिहार) को हिरासतमा राखिएको छ।